असोज १, जनकपुर। मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशसभा सदस्य जैनव खातुको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख कर्णद्वारा आज जारी शोक सन्देशमा भनिएको छ, “प्रदेशसभा सदस्य खातुको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौँ ।

उहाँको चिरशान्तिको कामना गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गर्दछौँ ।” साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय तथा समाज रूपान्तरणका क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहने उहाँले बताउनुभयो ।
उहाँले यस दुःखद घडीमा दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो ।