• २०८३ असोज १ गते बिहिवार

तीन वटा संसदीय समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौँ ।  तीन वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।  बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः३० बजे बस्ने भएको छ । बैठकमा जलवायू परिवर्तन सम्बन्धमा विषय विज्ञहरूसँग छलफल र संयुक्त राष्ट्र सङ्घीय महासभामा माननीय परराष्ट्र मन्त्रीको सहभागिता सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुने कार्यसूची रहेको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्ने भएको छ ।

बैठकमा विश्वयापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भिर क्षति र निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलन लगायत अन्तराष्ट्रिय कुटनीतिक प्रवद्र्धन सम्बन्धमा निम्नानुसारका विषयमा विषयविज्ञ एवं सरोकारवाला संघसंस्थासँग छलफल हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस