• २०८३ भाद्र १ गते सोमवार

रिहा भए पत्रकार किशोर श्रेष्ठ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १, काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन्। सोमबार बन्दीप्रत्यक्षकरणकाे रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो।

सोही आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक(एसपी) दान बहादुर थापाले जानकारी दिए।

उनीविरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस