• २०८३ भाद्र १ गते सोमवार

वाग्मतीका मुख्यमन्त्री बानियाँको राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १, हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन् । अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनाको घोषणा गरेका हुन् । प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नभएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

गत साउन ६ मा तत्कालिन सत्ता साझेदार दल नेकपा एमालेका ६ मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा रहेका थिए । मुख्यमन्त्री बानियाँको राजीनामासँगै अब बागमतीमा सरकारको नेतृत्व एमाले र नेकपाबीच भएको सहमति अनुसार एमालेले गर्ने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस