भदौ १, काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः०० बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ बिधेयक, २०८३’ माथी बिचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने भएका छन्। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘बालबालिका सबन्धी (पहिलो संसोधन) बिधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने तथा बिधेयक प्रस्तुत गर्नेछिन भने परराष्ट्र मन्त्री शिशिर खनालले ‘राहादानी (पहिलो संसोधन) बिधेयक, २०८३ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।
साथै, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसार (निन्यत्रण) (पहिलो संसोधन) बिधेयक २०८३ माथी बिचार गरियोस· भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
