• २०८३ जेष्ठ ३ गते आइतवार

प्रथम छायाँनाथ अल्ट्रा रेसमा जुम्लाको किर्तिमान ।।

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३,मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा ईतिहासमै पहिलो पटक सञ्चालन गरिएको प्रथम छायानाथ अल्ट्रा रेसमा छिमेकि जिल्ला जुम्लाले किर्तिमान रचेको छ । आईतवार भएको अल्ट्रा रेसमा पुरुष तर्फ जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं १ का धिर बहादुर बुढा र महिला तर्फ जुम्लाकै पातारासि गाउँपालिका वडा नं २ की सुनमाया बुढाले प्रथम स्थान हासिल गर्दे किर्तिमानी रचेका हुन ।

जसमा पुरुषतर्फ धिरबहादुर बुढाले ३ घण्टा ५७ मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गर्नु भएको छ । त्यस्तै जुम्लाकै तातोपानी गाउँपालिका वडा नं ७ का दलबहादुर कुँवरले ४ घण्टा २ मिनेट ७ पार गर्दे दोस्रो स्थान हासिल गर्नु भयो भने चन्द्रबहादुर रावतले ४ घण्टा ५ मिनेट आउदै तेस्रो स्थान पुग्नु भयो । त्यस्तै अर्जुन कुलुङ राई चौथो र रमेश लिम्बु पाँचौँ स्थानमा आउनु भएको थियो । महिलातर्फ सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभयो । जुम्लाकै राममाया बुढा दोस्रो तथा कल्पना बुढा तेस्रो स्थानमा पुग्नु भयो भने सन्देभा बुढा चौथो र निर्मला राई पाँचौँ स्थानमा रहनुभएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवाष रावलले बताए ।

मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा ‘प्रथम छायाँनाथ अल्ट्रा रेस प्रतियोगिता सम्पन्न भएको हो । बिहान ६ः४० बजे किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको प्रतियोगितामा जम्मा ५८ जना धावकहरुले सहभागीता जनाएका थिए । धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेस किम्रीबाट सुरु भएर छायाँनाथ धाम , चिताइकुना हुँदै पुलुमा पुगेर दुरी सम्पन्न भएको थियो । प्रमुख अल्ट्रा रेससँगै स्थानीयस्तरमा पाँच किलोमिटर दूरीको ‘फन रन’ पनि सोमबार सञ्चालन गरिने आयोजकले जनाएको छ ।

छायाँनाथ क्षेत्रलाई धार्मिक तथा प्राकृतिक सौन्र्दय , साहसिक खेल पर्यटन अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ । यस्ता कार्यक्रमले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा तथा हिमाली जीवनशैलीलाई विश्वसामु परिचित गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगिताले स्थानीय पर्यटन, होटल व्यवसाय तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनुभयो । महिला तथा पुरुषतर्फ प्रथम हुनेले जनही दुई लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ७५ हजार तथा पाँचौँ हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस