• २०८३ जेष्ठ ३ गते आइतवार

सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४५ सयले घटेर तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३३० रुपैयाँले घटेर ५०६० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५३९० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस