• २०८३ कार्तिक ३० गते आइतवार

मुगुका चार उम्मेदवारले बुझाए निर्वाचन खर्च , सबै भन्दा कम रास्वपा ।

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

चैत २,मुगु  । प्रतिनिधिसभा सदस्य निर्वाचन सकिए लगत्तै मुगुका चार वटा राजनितिक दलले मात्र आफ्नो निर्वाचन खर्च बुझाएका छन् । जम्मा ७ वटा दलले फागुन २१ को निर्वाचनमा भाग लिएका मध्ये एक समानुपातिक सहित चार जना प्रत्यक्ष तर्फका उम्मेदवारहरुले आफ्नो निर्वाचन खर्च बुझाएका हुन । जसमा नेकपा एमालेका उम्मेदवार पुर्णबहादुर रोकायाले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले बाट उम्मेदवार बनेका रोकायाको चुनाव अवधिभर भएको खर्च सार्वजनिक गरेका हुन् ।

विवरण अनुसार चुनाव अवधिमा रोकायाले १८ लाख १४ हजार खर्च भएको छ । जसमा प्रचारप्रसार सामग्री छपाई एक लाख पचास हजार , प्रचारप्रसार सामग्री ढुवानी ७० हजार , गोष्ठी जनसभा कार्यकर्ता परिचालन ६ लाख ५० हजार सवारी साधन डिजेल पेट्रोल ७ लाख ४१ हजार कार्यालय सञ्चालन १० लाख लगायत अन्य विविध खर्च भएको छ । साथै नेपाली कांग्रेस बाट उम्मेदवार तथा विजयी भएका खड्ग बहादुर शाहीको निवार्चन खर्च सार्वजानिक गरेका छन् । उनको चुनाव खर्च १३ लाख ११ हजार रहेको छ । उनले यातायात तथा ईन्धन खर्चमा १ वटा जिप रिर्जभ तथा दुई वटा मोटरसाईकल गरेर ३ लाख २५ हजार खर्च भएको छ ।

त्यस्तै खाद्यन्न तथा रासनमा एक लाख १० हजार , पालिका तथा वडा स्तरीय चुनाव प्रचार प्रसार १ लाख ३५ हजार , नमुना मतपत्र छपाई र मतदाता नामवाली दस्तुर ६२ हजार , मनोनयन दर्ता १० हजार , प्रचार प्रसार सामग्री एक लाख ५० हजार , स्टेशनरी तथा संचार खर्च ५० हजार , मतदाता प्रशिक्षण ६९ हजार , सचिवालय सञ्चालन एक लाख १० हजार र प्रत्येक बस्तिमा कोण सभा तथा विविध खर्च दुई लाख ९० हजार चुनाव खर्च गरेका हुन ।त्यस्तै नेपाली कम्युनिष्ठ पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले १६ लाख ८५ हजार रहेको छ । त्यस्तै सबै भन्दा कान्छा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भुवन टमटाले दुई लाख ६० हजार खर्च गरेका छन् । खर्च बुझाएका दलहरु मध्ये सबैभन्दा कम खर्च भुवन टमटाको रहेको छ । त्यस्तै प्रगतिशिल लोकतान्त्रिक पार्टी प्रलोपा बाट समानुपातिक उम्मेदवार बनेकी मिरा कुमारी मल्लले आफ्नो चुनावी खर्च बुझाएकि छन उनको ४७ हजार ३ सय रहेको चुनावी खर्च निवार्चन कार्यालय मार्फत बुझाएको जिल्ला निर्वाचन कार्यालय मुगुका कार्यालय प्रमुख कमल प्रसाद उपाध्यायले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस