• २०८३ जेष्ठ २० गते बुधवार

नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, काठमाडौं । नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५४ कम्पनिका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता शेयर ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.६४ प्रतिशतले बढेको छ । त्यसैगरी सुपरमाई हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ५३ करोड ३६ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ४४ करोड ५२ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस