• २०८३ असार १ गते सोमवार

काँग्रेसमै फर्किए जितेन्द्र नारायण देव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, काठमाडौं । केही दिनअघि नेकपा एमाले परित्याग गरेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा पुनः फर्किएका छन् । देवले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको हालै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनबाट पारित नीति, विचार, योजना, प्रस्ताव र प्रतिबद्धताप्रति स्वागत, समर्थन तथा आत्मसात् गर्दै पार्टीमा पुनः प्रवेश गरेको घोषणा गरेका हुन् ।

उनले विशेष राष्ट्रिय महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता र आस्था व्यक्त गर्दै आजकै मितिबाट आफू र आफ्ना समर्थकहरू नेपाली कांग्रेसमा औपचारिक रूपमा फर्किएको बताएका छन् ।

देवले जारी वक्तव्यमा विशेष महाधिवेशनले अघि सारेका नवीन नीति र अग्रगामी सोचले देशमा सामाजिक तथा राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्। साथै पार्टी रूपान्तरणसँगै देशलाई जनहितका पक्षमा बदल्ने अभियान सफल हुने उल्लेख गरेका छन् । संविधान सभा सदस्यसमेत रहेका देव यसअघि कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए । तर पछिल्लो राजनीतिक परिस्थितिपछि उनले एमाले छाडेर पुनः कांग्रेसमै फर्किएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस