• २०८३ भाद्र ३१ गते बुधवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९२३ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८१, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १३४, हर्न निषेधमा २५, लेन क्रसमा ३३, अवस्था ठिक नभएको २७, एकतर्फीमा २ र अन्यमा ४९३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text that says 'काठमण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५३१ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिभी ८१ RED लाईट ६६ तिরर गति ५९ हर्न २५ लेन १३४ अवस्था ठिक नमएको ३३ ONE WAY २७ अन्य ४९६ २४ घण्टे कारवाही संख्या ९२३ Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu CO 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस