असार ३२, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले अद्यावधिक गरेको दरअनुसार अमेरिकी डलरसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण गरिएको हो।

आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरोको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा तोकिएको छ। स्विस फ्रयांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको विनिमयदर पनि राष्ट्र बैंकले अद्यावधिक गरेको छ।
एसियाली मुद्रातर्फ जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिंगेट, थाइ भाट तथा दक्षिण कोरियाली वनको नयाँ विनिमयदर सार्वजनिक गरिएको छ। त्यसैगरी हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको खरिद तथा बिक्रीदर पनि निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् कायम राखिएको राष्ट्र बैंकले जनाएको छ। आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने तथा वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही फरक पर्न सक्ने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।