• २०८३ असार २ गते मङ्गलवार

बजेट पूर्ण कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नेछ : सांसद थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २, काठमाडौं ।  प्रतिनिधिसभा सांसद विक्रम थापाले अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नसक्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटलाई सुशासन, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, विज्ञान तथा प्रविधि, निजी क्षेत्रको प्रवद्र्धन, कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र नीतिगत सुधारमार्फत अर्थतन्त्रलाई नयाँ दिशा दिने रोडम्यापका रुपमा मान्न सकिने बताएका हुन् ।

उनले भने, ‘अर्थमन्त्रीबाट प्रस्तुत युगको बजेटमा सुशासन, भ्रष्टाचारमुक्त, शून्य सहनसिलता, विज्ञान प्रविधि, निजी क्षेत्र, कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्यमा जनताको भरोसा तथा नीति गत सुधारको अर्थतन्त्र मोड्ने नयाँ रोड्म्यप मान्नुपर्छ । यदि यो बजेट पूर्ण रूपमा कार्यान्वयन भयो भने ऐतिहासिक दस्ताबेज समेत बन्नेछ ।’

आन्तरिक सुरक्षा सम्बन्धी कार्य चुनौतीपूर्ण, जटिल र संवेदनशील हुने बताउदै उनले उल्लेख गर्दै ती कार्यहरू कानुनी परिधिभित्र रहेर सञ्चालन गरिनुपर्ने बताए ।

‘देशको आन्तरिक सुरक्षा सम्बन्धी कार्य चुनौती पूर्ण जटिल र कठिन हुने गर्दछ । यस्तो कार्यहरू देशको कानुनको परिधिभित्र रहेर सञ्चालन गरिन्छ । आन्तरिक सुरक्षाका चुनौतीहरु साइबर क्राइम, एआईको दुरुपयोग, कमिनल राइड्स, लागुऔषध र चेलीबेटी बेचबिखन जस्ता चुनौतीहरुले नयाँ जटिल थपेको छ,’ उनले भने ।

उनले साइबर अपराध, कृत्रिम बुद्धिमत्ताको दुरुपयोग, साम्प्रदायिक द्वन्द्व, लागूऔषध कारोबार तथा मानव बेचबिखनजस्ता चुनौतीले सुरक्षा क्षेत्रमा थप जटिलता थपेको बताए ।

उनका अनुसार यी चुनौतीहरूको सामना गर्न गृह प्रशासनले प्रहरी संगठनको आधुनिकीकरण, प्रविधिमैत्री पूर्वाधार विकास तथा नयाँ सुरक्षा रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको छ ।

उनले भने, ‘परिस्थतिलाई व्यवस्थित गर्न गृह प्रशासनले प्रहरीलाई आधुनिकीकरण र प्रविधियुक्त पूर्वाधारको व्यवस्थापन र नयाँ सुरक्षाको थप रणनीति आवश्यक छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस