• २०८३ असार २ गते मङ्गलवार

काठमाडौंका फार्महाउसमा ठूलो परिमाणमा लागुऔषधसहित १३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २, काठमाडौं ।   काठमाडौंको टोखा र चन्द्रागिरि नगरपालिका क्षेत्रमा फार्महाउस सञ्चालन गर्दै आएका १३ जना ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका–२ का २२ वर्षीय निमा तामाङ र २३ वर्षीय विक्रम लामा, रुपन्देही बुटवल उपमहानगरपालिका–७ का २९ वर्षीय सागर बुढाथोकी, भक्तपुर मध्यपुर थिमि नगरपालिका–४ का ४५ वर्षीय उद्धव श्रेष्ठ, भक्तपुर चाँगुनारायण नगरपालिका–७ का २७ वर्षीय विकास काफ्ले, सिन्धुली फिक्कल गाउँपालिका–४ की ३२ वर्षीया माया विशङ्खे, कालिकोट पलाता गाउँपालिका–३ का २६ वर्षीय खड्क रोकाया र २७ वर्षीया कमला थामी रहेका छन्।

यस्तै, बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका–१ की २९ वर्षीया मेनुका थामी, बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ३४ वर्षीय प्रदीप भन्ने सञ्जय साह सोनार, पर्सा बहुदरमाई नगरपालिका–९ का ३६ वर्षीय प्रमोद प्रसाद कलवार, काठमाडौं महानगरपालिका–१६ की ४० वर्षीया मोनिका श्रेष्ठ र काठमाडौं महानगरपालिका–७ की २९ वर्षीया सुशिला महर्जन पनि पक्राउ परेका छन्।

उनीहरूको साथबाट नियन्त्रित लागुऔषध ट्रामाडोल दुई लाख नौ हजार ट्याब्लेट, बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन गरी दुई हजार चार सय एम्पुल, सात लाख ८७ हजार पाँच सय रुपैयाँ नगद तथा २८ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले भारतबाट लागुऔषध खरिद गरेर फार्महाउस परिसरभित्र जमिनमा खाडल खनी लुकाएर बजारमा बिक्री वितरण गर्दै आएको खुलेको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस