• २०८३ बैशाख ३ गते बिहिवार

काँग्रेसले भारत खड्कालाई बनायो लेखा समितिको सभापतिको उम्मेदवार, मनोनयन दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काठमाडौं । नेपाली कांग्रेसले भरत खड्कालाई संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति बनाउने भएको छ । रास्वपाले लेखा समितिको सभापति कांग्रेसले पाउने भएपछि पार्टीले खड्कालाई अघि सारेको हो । खड्काले संघीय संसद सचिवालयमा आफ्नो उम्मेदवारी समेत दर्ता गरेका छन् ।

खड्कालाई सत्ता पक्ष रास्वपा र विपक्षी दल एमाले र नेकपाको समेत समर्थन रहेकाले उनी निर्बिरोध निर्वाचित हुने देखिएको छ । यस अघि मोहन आचार्यलाई लेखा समितिको सभापति बनाउने बताइएको थियो ।

लेखा समितिमा काँग्रेसका चार सांसदहरु मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी र योगेश गौचन थकाली सदस्य रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस