• २०८३ बैशाख ३ गते बिहिवार

संसदीय समितिका सभापतिको चयनमा सत्ता पक्ष र विपक्षी दल छुट्टा छुट्टै छलफलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काठमाडौं । दलहरु संसदीय समितिको सभापतिको चयनमा जुटेका छन् । आज १ बजेदेखि ४ बजेसम्म प्रतिनिधि सभाका विषयगत समितिका सभापतिको मनोनयन दर्ताको समय रहेको छ ।

यसैबीच समितिका सभापतिका उम्मेदवारको विषयमा छलफल गर्न रास्वपाको संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ । अर्कोतर्फ सिंहदरबरस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरु पनि छलफलमा जुटेका छन् । संसदीय समितिका सभापति चयनको विषयमा नेपाली काँग्रेसम एमाले र नेकपासहितका दलहरु छलफलमा जुटेका हुन् ।

कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने बताएको छ । तर सत्तारुढ दल रास्वपाले विपक्षी दलहरूलाई समितिको सभापति नदिने संकेत गरेको छ । सामान्यतया सार्बजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिने प्रचलन रहेकाले यस पटक काँग्रेसले दाबि गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस