• २०८३ जेष्ठ ३१ गते आइतवार

काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । कावा मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार फागुन ८ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि बैठक बोलाइएको छ ।

काँग्रेसले गत माघ २६ गते काँग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेको केन्द्रीय अनुशासन समिति गठन गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस