• २०८३ साउन ३० गते शनिवार

नुवाकोटमा बस र इभि भिरबाट खसि, एक जना गम्भीर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, नुवाकोट । शनिबार बिहान करिब ८:३० बजे नुवाकोटस्थित टोखा–छहरे सडकखण्डको थानाभञ्ज्याङस्थित सात घुम्तीमा दुर्घटना भएको छ। सात घुम्तीमा रोकिराखेको इभिलाई सोही स्थानमा रोकिएको बस एक्कासि गुडेर ठक्कर दिएको थियो।

बसले इभिलाई ठक्कर दिएपछि दुवै सवारीसाधन एकैसाथ सडकबाट भिरतर्फ खसेका थिए । दुर्घटनामा बसमा सवार ४ जनामध्ये १ जनाको अवस्था गम्भीर रहेको र अन्य ३ जना घाइते भएको बताइएको छ। घाइते चारै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस