• २०८३ असार १ गते सोमवार

मापसे गरी चलाइएको ई–रिक्सा दुर्घटना, चालकसहित ६ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, बाँके । कोहलपुर नगरपालिका–२ ट्रायल सेन्टर अगाडिको भित्री सडकखण्डमा मादक पदार्थ सेवन गरी चलाइएको ई–रिक्सा दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।

शसस्त्र क्याम्पबाट विकासनगरतर्फ जाँदै गरेको भे १ ह ९४९६ नम्बरको ई–रिक्सा ४० वर्षीय लालबहादुर थापाले चलाइरहेका बेला दुर्घटना भएको हो । चालकसँग सवारी चालक अनुमति पत्र समेत नभएको खुलेको छ ।

दुर्घटनामा कोहलपुर–२ की २७ वर्षीया शर्मिला विक, २४ वर्षीया हस्तकला बस्नेत, उनकी ३ वर्षीया छोरी चेतना बस्नेत, सल्यान कुपिण्डे–१ की ५५ वर्षीया अमृता परियार, ४५ वर्षीया रति दमाई र ५५ वर्षीय डोटे दमाई घाइते भएका छन् ।

घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस