• २०८३ असार १ गते सोमवार

जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं । जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेकाे छ । रत्ननगर नगरपालिका-१६ भद्रकालीस्थित बङ्गुर फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-१६ बस्ने ६० वर्षीय हरी थापा मगर समेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस