• २०८३ जेष्ठ १ गते शुक्रवार

पाथीभराको भेटी एक करोड छ लाख

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, ताप्लेजुङ । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस