वैशाख २, काठमाडौं । पाकिस्तानको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानतर्फ प्रस्थान गरेको छ । इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार उक्त टोलीले इरानलाई अमेरिकाको नयाँ सन्देश पुर्याउने बताइएको छ ।

यो पहललाई अमेरिका र इरानबीच जारी कूटनीतिक संवादकै एक हिस्सा मानिएको छ । यसअघि इस्लामाबादमा भएको वार्ताबाट ठोस नतिजा ननिस्किए पनि दुवै पक्षबीच संवाद भने निरन्तर जारी रहेको बताइएको छ ।