• २०८३ जेष्ठ ५ गते मङ्गलवार

युएईले दियो १२८ नेपालीलाई आममाफी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) ले रमजानको अवसरमा १२८ नेपालीलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले रमजानको शुभ अवसरमा युएईले १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा जानकारी दिएको छ । आममाफी पाएका नेपालीको पहिचान भने खुलाइएको छैन ।

मन्त्रालयले भनेको छ- ‘पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकार युनाइटेड अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ ।’

Sharing

प्रतिक्रिया दिनुहोस