चैत १, काठमाडौं । ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना भएको देखेमा तत्काल हटलाइनहरुमा सम्पर्क गरेर जानकारी गराउन हुन काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । महानगरले आफ्ना हटलाइन ९८५१३५६५०९ र ११८० मा सम्पर्क गरेर जानकारी दिन आग्रह गरेको हो ।

महानगरले काठमाडौँआमा ग्यास र इन्धनको अभाव सिर्जना गरेको विषयमा निगरानी शुरु गरेको जनाएको छ । आयल निगमले भारतबाट नियमित आउने ग्यास र इन्धन आएपनि अभाव सिर्जना गरिएको भन्दै गत शुक्रबारबाट ग्यासको आधा सिलिण्डर बिक्रि गर्ने निर्णय गरेको छ ।