चैत १,काठमाडौं। नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरूको सूची बारे निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन बैठकले समानुपातिकतर्फ २० जना सांसदको निर्णय गरेको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार २० मध्ये १५ जना महिला र ५ जना पुरुष सांसद सिफारिस गर्ने निर्णय गरेको छ । उनले महिलातर्फ आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ र बाँकी अन्य कलस्टरबाट नाम टुंगो लगाएको जानकारी दिएका छन् ।

निर्वाचनको समीक्षा गर्ने बारे काँग्रेसको बैठक छिट्टै बस्ने प्रवक्ता चालिसेले जानकारी दिएका छन् । प्रत्यक्षमा १८ सिट जितेको नेपाली काँग्रेसले समानुपातिकमा २० सिट पाएको थियो ।