• २०८३ जेष्ठ १० गते आइतवार

रास्वपाले समानुपातिक सांसद छान्न सचिवालयको बैठक भर्चुअल बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदहरूको नामावली आजै टुंग्याउने भएको छ । पार्टी सचिवालय बैठक बसेर नामावली टुंग्याउने तयारी भएको हो । निर्वाचन आयोगले आजसम्मको समय दिएको छ । सभापति रवि लामिछाने अस्वस्थ भएका कारण आजको बैठक भर्चुअल रुपमा बस्ने भएको छ ।

पार्टी प्रवक्ता मनिष झाले आजै नामावली टुंग्याएर बुझाउने तयारी भइरहेको जानकारी दिएका छन् । उनले मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताए । उनले भने- ‘औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क-कसले लिने भन्ने विषयमा छलफल पनि भएको छैन ।निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउनै बाँकी छ । समय आएपछि यस विषयमा छलफल गर्छौं ।’ सरकार गठनको तयारी भने माघ ५ गते बालेन्द्र शाहलाई प्रधानमन्त्री घोषणा गर्ने दिनदेखि नै शुरू भएको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस