फागुन ३, मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा तालमा अब मासिक रुपमा नियमित सरसफाई गरिने भएको छ । रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थमा खटिएको नेपाली सेनाको हनुमान ध्वज गुल्म हुटुले रारा ताल क्षेत्रको नियमित सरसफाई गर्ने भएको हो । शनिवार महा शिवरात्री तथा २ सय ६३ औ सेना दिवसको अवसरमा आयोजजना गरिएको रारा ताल क्षेत्रको सरसफाई शुभारम्भ कार्यक्रममा अब हरेक महिनाको एक पटक रारा ताल क्षेत्रको सरसफाई गर्ने रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको हनुमान ध्वज गुल्मले बताएको छ ।

शनिबार नेपाली सेनाको हनुमान ध्वज गुल्म हुटु राराले आयोजना गरेको ताल क्षेत्रको सरसफाई आयोजनामा नेपाली सेनाको हुनुमान ध्वज हुटु, देबिदत्त गुण सुरक्षा सेमु गमगढी ,शसस्त्र प्रहरी, नेपाल प्रहरी , निर्बाचन प्रहरी, होटल ब्यवसायि , रारा राष्ट्रिय निकुञ्ज, घोडा ब्यवसायि , पत्रकर जिल्लाका सरकारी तथा गैरसरकारी संघ संस्था लगाएतको सहभागीले ताल क्षेत्रको ४ सय केजी फोहोर संकलन गरेका थिए । रारा घुम्ने समय सुरु भएसंगै ताल क्षेत्रका फोहोर ब्यवस्थापन गर्न नेपाली सेनाको हनुमान ध्वज गुल्मले महाशिवरात्री तथा २सय ६३ औ सेना दिवसको अवसर पारेर हरेक महिनाको एक पटक ताल क्षेत्र १६ किलोमिटरमा फोहोर संकलन गरी ताललाई स्वच्छ र सफा राख्न यो अभियान सुरु गरिएको हुनमान ध्वज गुल्म हुटु राराका सेनानी खड्ग बहादुर श्रेष्ठले बताए ।
उक्त फोहोर संकलन कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रिले रारा मुगुको मात्र नभई समग्र कर्णाली प्रदेशको पर्यटन क्षेत्रमा ठुलो सम्भावन भएको क्षेत्र भएकाले ताललाई सफा स्वच्छ राख्न नेपाली सेनाले गरेको यो अभियान लाई सबैले साथ सहयोग दिनु पर्ने बताए । छाडा चरिचनका साथै रारा घुम्न आउने पर्यटकहरुले आफना साथ ल्याएका पलाष्टिक जन्य सामग्री सहिस्थानमा बिशर्जन गर्न नसक्दा रारा ताल क्षेत्रमा फोहोर समस्या देखिन थाले पछी फोहोरलाई सही ठाउँमा बिर्सजन गर्न सेनाले यो अभियानलाइ निरन्तरता दिन प्रतिबद्धता दिएको भएपनी अन्य सरोकारवाल निकायले साथ र सहयोग दिनु पर्ने उक्त कार्यक्रममा सहभागीहरुले बताएका थिए ।