• २०८३ बैशाख ८ गते मङ्गलवार

जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने कालिकोट शुभकालिका गाउँपालिका-२ घर भएका ५९ वर्षीय अनिराम तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनिरामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस