असोज २८, काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको जारी मतगणना जारी छ ।कांग्रेसमा खुला केन्द्रीय सदस्य ४५ जना चुनिने व्यवस्था छ । जसका लागि प्रतिस्पर्धामा ८९ जना उम्मेदवार छन् ।

तीन हजार मतगणना हुँदा ललितपुर महानगरपालिकाका मेयरसमेत रहेका चिरिबाबु महर्जनले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार महर्जन एक हजार ९३५ मत प्राप्त गरी पहिलो स्थानमा छन् । उनलाई प्रतिनिधिसभा सदस्य निष्कल राई एक हजार ८५८ मतका साथ पछ्याइरहेका छन् । डा.गोविन्दराज पोखरेल एक हजार ६८६ मतका साथ तेस्रो स्थानमा छन्।
अहिलेसम्मको मतगणनाअनुसार बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक हजार ६४६, जितनारायण श्रेष्ठले एक हजार ५७१, सांसद मोहन आचार्यले एक हजार ५१६, प्रवल थापाले एक हजार ४७७, हिमालदत्त श्रेष्ठले एक हजार ४१४, राजीव कोइरालाले एक हजार ३९१ र गणेश लामाले एक हजार ३७१ मत प्राप्त गरेका छन्।