• २०८३ भाद्र २९ गते सोमवार

प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेपछि दुर्गा प्रसाई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । प्रधानमन्त्री र गृहमन्त्रीलाई लक्ष्य गर्दै अपशब्द बोलेपछि व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। झापाबाट काठमाडौँ फर्केका प्रसाईंले विमानस्थल परिसरमै पत्रकार सम्मेलन गर्न खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए।

प्रहरीले रोक लगाउन खोजेपछि प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अपशब्द प्रयोग गरेका थिए ।

सार्वजनिक पदमा रहेका उच्च व्यक्तित्वहरूविरुद्ध अमर्यादित र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको हाे ।

Sharing

प्रतिक्रिया दिनुहोस