• २०८३ बैशाख ३१ गते बिहिवार

मेसीको ह्याट्रिकमा इन्टर मियामी विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, काठमाडौं । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा एफसी सिन्सिनाटीलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिन्सिनाटीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए । ३-२ गोलले पछि परेको अवस्थामा इन्टर मियामीले खेलमा कमब्याक गर्दै जित निकालेको थियो । इन्टर मियामीका लागि मेसीको ह्याट्रिकका अलावा माटेओ सिलभेट्टी र जर्मन बेर्टेरामेले एक एक गोल गरेका थिए । सिन्सिनाटीका लागि केभिन डेनकी, पाभेल बुचा र एभान्डरले एक एक गोल गरेका थिए ।

यो जितपछि एमएलएसको इस्टर्न कन्फेरेन्समा इन्टर मियामीको १३ खेलमा २५ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै सिन्सिनाटीको भने १३ खेलमा १६ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस