• २०८३ बैशाख ८ गते मङ्गलवार

अभियन्ता सुमन सायमी आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, काठमाडौं । अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । नेकपाले सायमीलाई आज काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा कार्यक्रम गरेर भित्र्याउने जानकारी दिएको छ । नेकपाले उनलाई पोलिटब्युरो सदस्य बनाउने भएको छ ।

आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमी चुनावअघि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् । उनी हाल राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रहेका छन् ।

२०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका सायमीले १३ हजार ७७० जना मत प्राप्त गरेका थिए । त्यस्तै पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-८ बाट उम्मेदवार बनेर रास्वपाका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए । विराजले १० हजार ११२ मत प्राप्त गरेर विजयी भएका थिए भने सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस