• २०८३ बैशाख ३० गते बुधवार

कस्तो छ विपिन र केकीको फिल्म ‘काजी’ को ट्रेलर ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौं ।आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरले पारिवारिक सम्बन्ध र वैवाहिक जीवनको उतारचढावलाई प्रस्तुत गरेको छ।

ट्रेलरमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’को भूमिकामा देखिएका छन् । विवाहपछिको प्रेमकथालाई भावनात्मक ढंगले देखाइएको ट्रेलरले दर्शकमाझ उत्सुकता बढाएको छ ।

लक्ष्मण रिजालको निर्देशन रहेको सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ। रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्ने जनाइएको छ ।

काजीको ट्रेलर:

Sharing

प्रतिक्रिया दिनुहोस