• २०८३ असार ११ गते बिहिवार

तुईन खोला नजिक ढुंगा खस्दा सडक एकतर्फी, सावधानी अपनाउन आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, चितवन। मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला नजिक माथिबाट ढुंगा खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार ढुंगा झरेपछि केही समय यातायात पूर्ण रूपमा प्रभावित भएको थियो। अहिले भने सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

माथिबाट अझै ढुंगा झरिरहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरिएको सडक डिभिजनले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस