• २०८३ कार्तिक ३० गते आइतवार

२५ औं राष्ट्रिय लोक दोहोरी दिवसको अवसरमा विरामिलाई फलफुल बितरण

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

फागुन २९, मुगु।  मुगुमा २५ औं राष्ट्रिय लोक दोहोरी दिवस विभिन्न कार्यक्रमका साथ उत्साहपूर्वक मनाइएको छ । दिवसको अवसरमा जिल्ला अस्पताल मुगुमा रहेका विरामीहरुलाई फलफुल बितरण गर्दे मनाइएको हो ।

थोरै भएपनि केही राहत होस भन्ने उद्देश्यले अस्पतालको भर्नामा रहेका झण्डै २० जना भन्दा विरामीहरु लाई फलफुल लगायत जुसहरू वितरण गरिएको बताइएको छ । नेपाली लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय कलाकार, संगीत प्रेमी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न कलाकारहरूले लोक दोहोरी गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । साथै नेपाली लोक संगीतको महत्व, यसको संरक्षण तथा नयाँ पुस्तामा यसको विकासका विषयमा पनि वक्ताहरूले चर्चा गरेको प्रतिष्ठानका अध्यक्ष सम्भव सुनारले बताए ।

आयोजक संस्थाका प्रतिनिधिहरूले लोक दोहोरी नेपाली पहिचानको महत्वपूर्ण हिस्सा भएकाले यसको जगेर्ना गर्न सबैले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा सांस्कृतिक प्रस्तुति, लोक गीत–संगीत तथा कलाकारहरूको भावी रणनीति कार्यक्रमहरु बारे जानकारी गराइएको थियो ।

२५ औं राष्ट्रिय लोक दोहोरी दिवसले नेपाली मौलिक कला–संस्कृतिप्रति आकर्षण बढाउनुका साथै स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् । साँस्कृतिक सम्पदाले भरिपूर्ण मुगु जिल्लामा विभिन्न प्रकारका लोक कला संस्कृतिहरु हराउन थालेको हुदा यसलाई संरक्षण र प्रवर्धन गर्न प्रतिष्ठान अगाडि बढिरहेको उनको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस