• २०८३ बैशाख १७ गते बिहिवार

बञ्चरेडाँडामा फोहोर विसर्जनमा स्थानीयको अवरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीयले अवरोध गरेका छन् । बञ्चरेडाँडा क्षेत्रका स्थानीयले काठमाडौँ महानगर र शहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको फोहर फाल्न अवरोध गरेका हुन् ।

स्थानीयले कुलमान घिसिङ मन्त्री हुँदा भएका सहमति कार्यान्वयन नभएको बताएका छन् । स्थानीयले पटक पटक उधारो सहमतिले पीडित भएको भन्दै अब माग पूरा नभएसम्मक अवरोध जारी रहने बताएका छन् ।

यसअघि गत कात्तिक १६ गते तत्कालिन शहरी विकासमन्त्री घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि फोहर विसर्जनको अवरोध हटेको थियो । उनले तत्काल पुरा हुनसक्ने केहि काम गरेपनि त्यसपछि सहमति कार्यान्वयन नभएको बताइएको छ ।

नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जानबाट अवरोध गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस