फागुन १, मुगु । मुगुको छायानाथ रारा नगरपालिकाका १४ वडाका २ सय भन्दा बढि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ । छायाँनाथ रारा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा यही फागुन ४ गतेदेखि नगरपालिकाका २ सय ४६ जना किशोरीलाई एचपीभी खोप लगाउन लागेको हो ।

हाल विद्यालय जाने कक्षा ६ का छात्रा, गत आर्थिक वर्षमा छुट भएका, हाल कक्षा ७ देखि १० मा अध्ययन गर्दै गरेका छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरी, गत आवमा छुट भएका विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीलाई उक्त खोप लगाउन लागिएको छायाँनाथ रारा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत कम्युनिटि नर्सिङ्ग अधिकृत पुण्यप्रभा देवकोटाले जानकारी दिईन ।
उनका अनुसार गत वर्ष नगरपालिकाका २ सय ४२ किशोरीलाई उक्त खोप लगाइएको थियो । हरेक विद्यालय वा स्वास्थ्य संस्थामा केन्द्र सञ्चालन गरी किशोरीलाई एचपीभी खोप लगाइने देवकोटाको भनाई छ । यो वर्ष पनि नगरपालिकाका १७ वटा विद्यालयका किशोरीहरुलाई खोप लगाईने तयारी तिव्र भएको जनाईन । स्वास्थ्य शाखाको आयोजनामा गरिएको पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध नियमित एच.पि.भि खोप अभियान २०८२ शुक्ष्म योजना तथा अभिमुखिकरण गोष्ठि कार्यक्रममा यस्तो बताइएको हो । नगरपालिकाका शिक्षक र मातहातका स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यर्मीको गोष्ठिमा यो महान अभियान लाई सफल बनाउन सबै तह बाट सहयोग गर्न अपिल गरेकी छन् ।
यो अभियानमा सबैको साथ सहयोथ र सद्धभावले किशोरीको स्वास्थ्य स्तरमा सकारात्मक सुधार आउने बताईन । उनले भनिन् नगरपालिकामा रहेका महाकाली नमुना माविमा ४६ , कर्णाली मावि टोप्लामा २० , प्रभात मावि रोवा १६ , हिमोदय मावि बाम २४ , प्रकाश मावि लुम १६ , नेरा मिन मावि भारेकोट २० , नेरामावि शोवा ११ , नेरामावि मुर्मा १ , सिद्धार्थ गौतम बोडिङ्ग १० , थापा बोडिङ्ग १४ , रारा डाईनामिक बोडिङ्ग ५ , नेराआवि कार्कीवाडा १५ , मालिका आवि सेतिवाडा ६ , मष्टा आवि थार्प ११ , नेराआवि घट्टलेख १४ , सरस्वति आवि लुम्स ९ र दुदे आवि कोटिला ८ जना किशोरी लाई एच.पि.भि खोप लगाईने अधिकृत देवकोटाको भनाई छ ।
महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने छायानाथ रारा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत कुशल खड्काले बताए ।