• २०८३ असार १३ गते शनिवार

क्यानडामाथि युएई ५ विकेटले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १, काठमाडौं । एईले जारी टी-२० विश्वकप अन्तर्गतको खेलमा क्यानडालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा युएईले क्यानडालाई ५ विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको १५१ रनको लक्ष्य पछाएको युएईले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाउदै १५० रन बनाएको थियो ।

यो युएईको दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै क्यानडाले भने समुह डीमा लगातार दोस्रो हार बेहोरेको छ ।

अब युएईले अर्को खेल आगामी सोमबार अफगानिस्तानसँग खेल्ने छ भने क्यानडाले मंगलबार न्यूजील्याण्डसँग खेल्ने तालिका छ ।

Sharing

प्रतिक्रिया दिनुहोस