• २०८३ जेष्ठ २२ गते शुक्रवार

काँग्रेस विशेष महाधिवेशन: नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्नेतर्फ अगाडी बढेको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचनको प्रक्रिया अघि बढ्ने बताएका हुन् । बन्दसत्रले खम्बबहादुर खाती नेतृत्वमा हरेको निर्वाचन समितिलाई भंग गरेर केसीको नेतृत्वमा नयाँ निर्वाचन समिति बनाएको थियो । निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।

यसबीच जारी बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरुले निर्वाचन प्रक्रियामा जान दबाब दिएका छन् । पार्टीमा नेतृत्व नफर्ने तयारी बढेको आशंका गर्दै उनीहरुले दुवै महामन्त्रीलाई नेतृत्व फेर्न भन्दै नाराबाजी गरेका थिए । बन्दसत्रमा होहल्ला भएपछि महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन प्रक्रिया अगाडि बढेको जानकारी गराएपछि प्रतिनिधिहरु शान्त भएका थिए । त्यस्तै संस्थापन पक्षसँग जारी वार्ता सकारात्मक नभएको विशेष महधिवेशन पक्षधरले बताएका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई स्वीकार नगर्ने अडान लिएपछि सहमति हुन नसकेको बुझिएको छ । संस्थापन पक्षले आजै केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस