• २०८३ बैशाख २७ गते आइतवार

अलोन्सोले छोडे रियल म्याड्रिड, अर्बेलोआ बने नयाँ प्रशिक्षक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । जाबी अलोन्सोले रियल म्याड्रिडको प्रशिक्षक छोडेका छन् । स्पेनिस सुपरकोपाको फाइनलमा बार्सिलोनासँग ३-२ ले पराजित भएसँगै अलोन्सोले रियल म्याड्रिड छोडेका हुन् । रियल म्याड्रिडले आपसी सहमतिमै अलोन्सोले प्रशिक्षक पद छोडेको जानकारी दिएको छ ।

उनी २०२५ को जुनमा मात्र रियल म्याड्रिडको प्रशिक्षक बनेका थिए । यसअघि बायर लिभरकुसनमा प्रशिक्षकको रुपमा सफल रहेका अलोन्सो रियल म्याड्रिडमा भने सफल हुन सकेनन् । रियल म्याड्रिडले तत्काल अल्भारो अर्बेलोआलाई आफ्नो प्रशिक्षक नियुक्त गरेको छ । ४२ बर्षिय अर्बेलोआ रियल म्याड्रिडका पूर्व खेलाडी हुन् । उनले २००९ देखि २०१६ सम्म क्लबमा खेलेका थिए । उनी हाल रियल म्याड्रिडको बि टिमका प्रशिक्षक थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस