भदौ २७, काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।

नेपालका लागि आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेल्दै १०२ रन बनाए। गुलशन झाले अर्धशतक पूरा गर्दै ५२ रन बनाए। त्यस्तै अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, इशान पाण्डेले १३ तथा बासिर अहमदले अविजित १५ रन बनाए।
यूएईका लागि इब्रार अहमदले ४ विकेट लिए भने खुजैमा तनवीरले २ विकेट हात पारे।
अब यूएईले उपाधि जित्न निर्धारित ५० ओभरमा ३१४ रन बनाउनुपर्नेछ।
