• २०८३ साउन २७ गते बुधवार

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २७, काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ।

मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी ,बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यमसम्म पानी परिरहेको छ।

दिउँसो कोशी र मधेश प्रदेशका साथै देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनर चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

राति भने देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

full-view

Sharing

प्रतिक्रिया दिनुहोस