• २०८३ बैशाख २९ गते मङ्गलवार

कोशी कोरिडोरको च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको सडक निर्माण सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, काठमाडौं । नेपाली सेनाले कोशी कोरिडोरको च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.८१ कि.मि. सडक निर्माण कार्य सम्पन्न गरेको छ ।

कोशी कोरिडोरको खाँदवारी-किमाथांका सडक खण्ड अन्तर्गत संखुवासभा, भोटखोला गाउँपालिकास्थित च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.८१ कि.मि. सडक निर्माण कार्य सम्पन्न गरेर उत्तर-दक्षिण (कोशी) सडक आयोजनालाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस