• २०८३ असार ५ गते शुक्रवार

स्नो रिभर्सको आइपीओ आजदेखि सर्वसाधारणका लागि खुला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, काठमाडौं । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

यस आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपिओको निष्काशन बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते हुने आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकिएको छ ।

कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत करिब २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस