• २०८३ जेष्ठ १० गते आइतवार

मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २९,काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी को २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणमा उनले यस्तो उल्लेख गरेकी छन् ।

मन्त्री वादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । उनको श्रीमान्‍सँग पल्सर मोटरसाइकल रहेको उल्लेख छ । नगद ५० हजार रुपैयाँ र बैंककमा उनी र श्रीमान्‍को नाममा १५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

मन्त्री वादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ । उक्त सुन-चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस