• २०८३ बैशाख १० गते बिहिवार

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौं । डाँका तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय राकेश भन्ने धावा छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत दोलखाको २०७४ पुस ४ गतेको फैसलाले डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तामाङ समेतलाई जनही १० वर्ष कैद र १ लाख १ सय ८९ रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-४ गोकर्णबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस