• २०८३ भाद्र ११ गते बिहिवार

मोरङ–६ का एमाले उम्मेदवार विनोद ढकालका बुवाको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, विराटनगर । नेकपा (एमाले) का नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको बिहीबार बिहान विराटनगरस्थित आफ्नै निवासमा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार स्वर्गीय ढकालको अन्तिम संस्कार आजै दिउँसो ३ बजे विराटनगरको परोपकार घाटमा गरिनेछ।

उम्मेदवार ढकाललाई पितृ शोक परेको खबर पाएलगत्तै विभिन्न राजनीतिक दलका नेताहरू समवेदना प्रकट गर्न ढकाल निवास पुगेका छन्। यसै क्रममा सोही निर्वाचन क्षेत्रका प्रतिस्पर्धी उम्मेदवार तथा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ढकाल निवास पुगेर परिवारजनप्रति सहानुभूति प्रकट गरे। कोइरालासँगै नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं लगायतका नेताहरूले पनि ढकाल परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

ढकाल परिवारमा शोकको वातावरण रहेको छ भने आफन्तजन र शुभेच्छुकहरूको आवतजावत जारी रहेको बताइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस