• २०८३ बैशाख १८ गते शुक्रवार

ट्रम्पले आफूलाई गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो एउटा तस्बिर पोस्ट गरेका छन् र त्यसको क्याप्शनमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ उल्लेख गरिएको छ ।

जनवरी ३ मा, अमेरिकाले भेनेजुएला विरुद्ध कारबाही गर्‍यो र राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरेको थियो । मादुरो हतियार र लागूपदार्थ तस्करीको आरोपमा अमेरिकामा मुद्दाको सामना गरिरहेका छन् । भेनेजुएलाकी पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस