• २०८३ बैशाख ८ गते मङ्गलवार

काँग्रेस विशेष महाधिवेशन: विहान ८ बजेदेखि प्रतिनिधिको नाम दर्ता, १० बजेदेखि बन्दसत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरू हुने भएको छ । विशेष महाधिवेशन आयोजक समितिको सचिवालयले आज बिहान १० बजेदेखि बन्दसत्र शुरु हुने जानकारी दिएको छ । त्यसअघि बिहान ८ बजेदेखि विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको नाम दर्ता गरिने सचिवालयले जनाएको छ ।

यसबीच अहिलेसम्म पहिलो दिन २६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । नेपाली काँग्रेसका कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेकाछन् । बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएपछि नेपाली काँग्रेसको नेतृत्व परिवर्तन हुने संकेत देखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस