• २०८३ कार्तिक २२ गते शनिवार

गोरखा बुढीगण्डकी बाढी थप अपडेट: दुई झोलुङ्गे पुलसहित फलामे पुल बगायो, घरहरूमा क्षति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २५, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ।

क्षतिको विवरणः
१. जिल्ला गोरखा, चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको।
२. चुमनुब्री गाउँपालिका–३ सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को एउटा घरमा बाढी पसेको।
३. जिल्ला गोरखा, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको।
४. धार्चे गाउँपालिका–५ माछिखोलास्थित तल्लो बस्तीमा बाढी पस्दा ५–७ वटा घर र ५–७ वटा टहरामा बाढी पसेको।
५. धार्चे गाउँपालिका–३ सल्लेरीस्थित २०–२२ वटा घर जोखिममा रहेको।
६. आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको।

Sharing

प्रतिक्रिया दिनुहोस